EVENTFASHION

उज्वल र खुश्बु मिष्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड

सिनेमा संसार संवाददाता
काठमाण्डौं
मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउडको काठमाण्डौ ग्राण्ड फिनाले सम्पन्न भएको छ। बिहिवार राष्ट्रिय सभागृहमा भएको प्रतियोगिताबाट पुरुषतर्फ उज्वल दुलाल तथा महिलातर्फ खुश्बु गिरी विजेता भए।
दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन्। यी २ विजेताले म्यूजिक भिडियोलगायतमा अवसर पाउने दाबी आयोजकको छ। दोश्रो चरणको विजेतालाई भने सिनेमामा अभिनय गर्ने अवसर दिइने पनि आयोजकले दाबी गरेका छन्।
प्रतियोगितामा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमशः फस्र्ट र सेकेण्ड रनर्सअप भए भने महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा फष्ट र सेकेण्ड रनर्सअप भए। उनीहरुले दोश्रो चरणमा स्पर्धा गर्न पाउनेछन् । काठमाडौंको अन्तिम स्पर्धामा नायक गौरव पहारी, सञ्जोग कोईराला, निर्देशक अमरदीप सापकोटा, निर्मात्री कृषा चौलागाई निर्णायक रहेका थिए। प्लान इन्टरटेन्मेण्टले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो। यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केहि कलाकर्मीले साथ दिईरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button