NEWS

मह सञ्चारको सिनेमामा फेरिए संगीतकार

सिनेमा संसार संवाददाता
काठमाडौं
मह सञ्चारले नयाँ सिनेमा दाल भात तरकारीमा संगीतकार शम्भुजित बासकोटालाई लिएको छ।
अघिल्लो सिनेमा शत्रु गतेमा टंक बुढाथोकीलाई संगीतकार लिएको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीको सिनेमा निर्माण समूह मह सञ्चारले सो सिनेमाका संगीतकार टंक बुढाथोकीका कारण अप्mटेरोमा परेपछि यसपटक संगीतकार फेरेको हो।
टंक बुढाथोकीले जमानामा लोकगायक कुमार बस्नेतले गाएको लोकगीत रौसी खान जाउँ दाजै रौशी खान जाउँबाट हुबहु रुपै मोहनी नारण रुपै मोहनी बनाएपछि शत्रु गतेका निर्माताहरुलाई समस्या परेको थियो। लोकगायक बस्नेत सो गीत आप्mनो लोकगीतबाट चोरेको भन्दै शत्रु गतेको निर्माण समूहसँग रिसाएपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाले सोबारे आफुहरुलाई थाहा नभएकाले माफ गरिदिन भन्दै बस्नेतलाई थुमथुम्याएका थिए।
शत्रु गतेकै गीतमा बुढाथोकीले यसरी फसाएपछि मह जोडीले दाल भात तरकारीको संगीतको जिम्मा शम्भुजित बासकोटालाई दिएको हो।

https://www.youtube.com/watch?v=pyePEAYM6iM

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button