NEWS

उत्तेजक डान्सले तातिए दर्शक

सिनेमा संसार संवाददाता
धरान
चि मुसी चि सिनेमा टीमले सिनेमाको प्रमोशनका लागि पूर्वी नेपालको विर्तामोड र धरानमा कन्सर्ट गरेको छ।
कन्सर्टमा डान्स इन्डिया डान्स सिजन ४ बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिट भिल्लामा सहभागि अलिशा शर्माको उत्तेजक डान्स हेरेर दर्शकले जिब्रो टोके। नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले दर्शकलाई नचाइन् भने नायक सुशान्त कार्कीले आकर्षक नृत्य गरेर दर्शक लोभ्याए।
सिनेमाको ४ डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले नृत्य प्रस्तुत गरेका थिए। गायिका पाण्डेले सिनेमाको शिर्ष गीत गाउँदा दर्शकले अत्याधिक मनोरञ्जन लिएका थिए।
सिनेमाको टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए। आगामी श्रावण ११ गते अल नेपाल रिलीज हुने सिनेमामा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारको अभिनय रहेको छ भने सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।

Related Articles

Back to top button