EVENTFASHION

कलेज एम्बेसडरका सुन्दरीको प्रतिमा

सिनेमा संसार संवाददाता
काठमाडौं
द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले ट्यालेण्ट राउण्डअन्र्तगत विभिन्न प्रतिभा प्रस्तुत गरेका छन्। राजधानीमा आयोजित ट्यालेन्ट शोमा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलालगायत विषयमा प्रतिभा प्रदर्शन गरेका हुन्।
प्रतियोगिताको यो १०औं संस्करण हो। यो संस्करणमा ४ किशोर र ११ किशोरी अन्तिम स्पर्धामा भिड्दै छन्। उपत्यकाका विभिन्न १५ कलेजका करिब १ सय ५० बढी प्रतियोगीले अडिसन दिएको र त्यसमध्ये १५ किशोर किशोरी अन्तिम स्पर्धाका लागि छानिएको आयोजनक ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौरले बताए।
कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको आयोजक तथा प्रतियोगीताको कोरियोग्राफर अनिला श्रेष्ठले जानकारी दिइन्। प्रतियोगिताको अन्तिम स्पर्धा आगामी ७ गते रसियन कल्चार सेन्टर कमलपोखरीमा आयोजना हँुदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button