MUSIC

राष्ट्रभावको गीतमा डा. भोला रिजालको सशक्त सन्देश

सिनेमा संसार
काठमाडौं
प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचनामा राष्ट्रभावले भरिएको गीत अन्धकार पन्छाएर सार्वजनिक भएको छ। शिव परियारको स्वर र शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो श्रोता तथा दर्शकमाझ ल्याइएको हो।
वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा तयार भएको भिडियोमा रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी र सुशील श्रेष्ठलगायत कलाकारको अभिनय छ। सरला रिजालको प्रस्तुति रहेको भिडियोको छायांकन महेश महाराले गरेका हुन्।
देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर तयार पारिएको गीतले एकता, जागरण र देश निर्माणको सन्देश प्रवाह गर्छ। गीतको भिडियो बिआर प्रोडक्सनमार्फत सार्वजनिक गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button