CINEMAMUSICNEWS

पूजा शर्मा २ दिनसम्म चोभारमा नाचेको नाच्यै

सिनेमा संसार
काठमाडौं
आगामी फागुन १ गतेलाई रिलीज डेट तोएिको सिनेमा कल्लीको चोभारमा एउटा गीतको छायांकन सकेसँगैसम्पूर्ण छायांकन सकिएको छ।
२ दिनसम्म नायिका पूजा शर्माको आइटम डान्स खिच्दै सिनेमाको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी गराए। पूजाले क्या राम्री बोलको गीतमा नृत्य गरेकी हुन्। आशिष अविरलको संगीतमा तयार भएको गीत रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द रचना रहेको छ। यो गीत आफूलाई सुन्ने वित्तिकै मन परेकाले काम गरेको नायिका शर्माले बताइन्। बिहेपश्चात पूजाले पहिलोपटक काम गरेकी हुन्। करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाको भनाई छ। गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन्।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको सिनेमामा लक्ष्मण सुनारको कथा र निर्देशन तथा महेश दवाडीको लेखन रहेको छ भने उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोग राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरलगायतले अभिनय गरेका छन्।
सिनेमाको छायांकन जुम्लामा गरिएको हो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button