CINEMANEWS

आकाश श्रेष्ठ सिनेमामा फर्कँदै

सिनेमा संसार
काठमाडौं
नायक आकाश श्रेष्ठ केही वर्षदेखि सिनेमाको पर्दाबाट हराईरहेका छन्।
पछिल्लो समयमा म्यूजिक भिडियोमा चित्त बुझाईरहेका नायक श्रेष्ठ अब भने लामो समयको अन्तरालपछि सिनेमामा कमब्याक हुने भएका छन्। उनी जय शम्भु र दान्भीजस्ता एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट सिनेमामा कमब्याक गर्ने पक्का भएको हो।
माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच सम्झौता भएको छ। सिनेमा पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ। आकाश पनि यो सिनेमालाई लिएर निकै उत्साहित देखिएका छन्। सिनेमाको कथा सुमन गजमेरले तयार पारेका छन् भने छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने रुपेशले जानकारी गराए।

Related Articles

Back to top button