MUSICNEWS

भुवनले ल्याए जुनसँग के दाँजौ

सिनेमा संसार
काठमाडौं
नयाँ म्यूजिक भिडियो जुनसँग के दाँजौ र सार्वजनिक गरिएको छ।
अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द रचना र अभिनय रहेको म्यूजिक भिडियो ओएसआर डिजिटिल युट्युवबाट सार्वजनिक गरिएको हो।
दीपक शर्माले संगीत संयोजन गरेको गीत राजेश पायल राईले गाएका छन्। गीतको भिडियो लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको छ।
आफ्नो जन्मभूमि लमजुङको घलेगाउँको प्रचार गर्ने उद्येश्यले कृष्णबहादुर थापाले भिडियोको छायाँकन गराएका छन्। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन्। भिडियोमा भुवन लोहनी र अर्बिशा थापाले अभिनय गरेका छन्।

Related Articles

Back to top button