CINEMAMUSICNEWS

बिगुलको शिर्ष गीत सार्वजनिक

सिनेमा संसार
काठमाडौं
सामाजीक राजनीतिक बिषयको सिनेमा बिगुलमा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटल युट्यब च्यानलबाट सार्वजनीक गरिएको छ।
आगामी माघ ९ गते प्रदर्शन हुने सिनेमाको गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ। बेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो। रमेश कोइरालाको निर्देशनमा बनेको सिनेमाको कथाकार र निर्माता दिनेश कोइराला हुन्।
फस्र्टलुक र टिजरबाट दर्शकको ध्यान तान्न सफल सिनेमामा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ। म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमाको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको सिनेमाको बितरण काफिया सिनेमास् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन्।

Related Articles

Back to top button