CINEMAMUSICNEWS

बिगुलको आब्हान आउ यस्तो देश बनाऔँ

सिनेमा संसार
काठमाडौं
आगामी माघ ९ गतेबाट रिलीजमा आउने सिनेमा बिगुलमा समाबेश आउ यस्तो देश बनाऔँ आइतबार सार्वजनीक गरिएको छ।
नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका छन्। गीतमा सिनेमाका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन्। रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको सिनेमाको ओएसआर डिजिटल युट्यब च्यानलबाट सार्वजनीक गीतमा देशप्रेम, राष्ट्रभक्ति, समाबेशीता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ। गीतले चुनावी माहौलको झल्को दिएको छ।
जेनजी आन्दोलनप्रति समर्पित सिनेमामा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन्। म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको सिनेमामा पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठ, नृत्य निर्देशन कमल राई र कविराज गहतराज, द्धन्द निर्देन एनवी महर्जन, संगीत बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं, छायाँकन शिब ढकाल र सम्पादन तारा थापा ‘किम्भे’ को रहेको छ।

 

Related Articles

Back to top button