MUSICNEWS

आत्मदाह प्रयास गरेकी गायिका पौडेलेको उपचारका क्रममा निधन

बाबुलविरुद्व कर्तव्य ज्यानमा जाहेरी

सिनेमा संसार, काठमाडौं

अघिल्लो शनिबार आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा पौडेलको शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको हो।

गत शनिबार पौडेलले अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) को स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। आगो निभाउने क्रममा बाबुल गिरी पनि सामान्य घाइते भएका थिए। गम्भीर रूपमा घाइते पौडेललाई तत्काल अस्पताल लगिएको थियो।

पौडेल र गिरीबीच करिब सात वर्षदेखि प्रेम सम्बन्ध रहेको स्रोतले जनाएको छ। नितुले बाबुलको स्टुडियोमुनि डुर्बिना क्याफे सञ्चालन गर्दै आएकी थिइन्। दुवैबीच पछिल्ला वर्षहरूमा विवाहको विषयमा विवाद हुँदै आएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार नितु परिवारको दबाबका बीच पनि बाबुलसँग विवाह गर्न अडानमा थिइन् भने बाबुलले टार्दै आएका थिए।

गायिका पौडेलको निधनपछि उनका दाइ गणेश पौडेलले गायक तथा संगीतकार बाबुल गिरीविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्। गणेशले बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यान मुद्दा दायर गरेका छन्। उनका अनुसार नितु र बाबुलबीच प्रेम सम्बन्धका क्रममा विवाद गहिरिँदै गएको र घटना भएको समयमा कोठामा उनीहरू मात्रै थिए।पोस्टमार्टमपछि पौडेलको शव शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button