NEWS

एक खुट्टाले नाचेर चर्चा कमाएकी नृत्यांगना सीताको निधन

सिनेमा संसार

काठमाडौं

एक खुट्टाले नाचेर चर्चा कमाएकी नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। करिब तीन महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित सुवेदीको बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ। उनी करिब एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन्।

चितवन घर भएकी सुवेदीले एक खुट्टाले नाचेर विशेष पहिचान बनाउन सफल भएकी थिइन्। कत्थक नृत्यमा पारंगत उनले सिनेमा संसार फाउन्डेसन स्थापना गरेकी थिइन्। एमएस नेपाल इन्टरनेसनल २०२३ समेत रहनुका साथै उनी प्रेरक वक्ता, गायिका तथा इन्टरमिडिएट–लेभल कत्थक नृत्यकी स्वर्ण पदक विजेता थिइन्।सानैदेखि नृत्यमा रुचि राख्ने सुवेदीले १२ वर्षको उमेरमा क्यान्सर रोगका कारण एक खुट्टा गुमाएकी थिइन्। उनले देश–विदेशका विभिन्न १०० भन्दा बढी स्टेजमा प्रस्तुति दिएकी थिइन्।सीताको परिवारमा आमाबुवा र १२ वर्षीया एक छोरी रहेकी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

Related Articles

Back to top button