CINEMANEWS

अभिमन्यु दशैंको फूलपातिमा

सिनेमा संसार

काठमाडौं

सिनेमा ‘अभिमन्यु’ले दशैंको फूलपातिमा १३ असोजमा नेपाली भाषामा र १७ असोजमा हिन्दी संस्करणमा प्रदर्शन हुने मिति घोषणा गरेको छ। निर्माता विनोद पौडेलले प्रचारप्रसारमा धेरै बजेट लगानी भैसकेको र दर्शकलाई लामो समय कुराउन नसकिने बताए। निर्माता कम्पनी सेभेन सिज सिनेमाले सिनेमा उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यले नयाँ प्रदर्शन मिति घोषणा गरेको जनाएको छ।

जेनजी आन्दोलनले रोकिएको सिनेमा ‘अभिमन्यु’ले सोमबार विज्ञप्ति जारी गर्दै दशैंको फूलपातिमा १३ असोजमा रिलिज हुने जनाएका हुन्। निर्माता कम्पनी सेभेन सिज सिनेमाले भनेको छ, ‘देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो सिनेमा उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ।’

नेपाली भाषामा असोज १३ गते र हिन्दी संस्करणमा १७ असोजमा रिलिज हुने जनाइएको छ। हिन्दी संस्करण भारतसहित विश्वव्यापी प्रदर्शन हुने जनाइएको छ। निर्माता विनोद पौडेलले भने, ‘सोचविचार गरेर नै फूलपातीमा आउने निर्णय गरेका हौँ। कसैसँग जुध्ने र जुधाउने हाम्रो उद्देश्य होइन। धेरै पछि जाने अवस्था पनि छैन।’

च्याप्टर १ बताइएको यो सिनेमामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल शीर्ष भूमिकामा छन्। सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।दशैंको फूलपातीमा अन्य सिनेमा जस्तै ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ पनि प्रदर्शन तयारीमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button