BOLLYWOODHOLLYWOOD

गोविन्दाकी पत्नी सुनिताले दिइन् बान्द्रा अदालतमा सम्बन्धविच्छेदको निवेदन

सिनेमा संसार
काठमाडौं

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको लागि निवेदन दिएकी छिन्।
सुनिताले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र क्रूरताको आरोप लगाएकी छिन्।
तर, गोविन्दाका नजिकका स्रोतहरूले यी रिपोर्टलाई अस्वीकार गरेका छन् भने म्यानेजरले यो केवल अफवाह मात्र भएको बताएका छन्।

रिपोर्टअनुसार, सुनिताले हिन्दू विवाह ऐन १९५५ को धारा १३(१)(आई), (आईए), (आईबी) अन्तर्गत डिभोर्स मागेकी हुन्।
अदालतले गोविन्दालाई मे २५ मा उपस्थित हुन भनेको थियो, तर अहिलेसम्म उनी अदालत पुगेका छैनन् भने सुनिता भने नियमित उपस्थित हुँदै आएकी छन्।

यसअघि पनि उनीहरूको सम्बन्धमा दरार आएको र छुट्टाछुट्टै बसिरहेको चर्चा उठेको थियो। त्यतिबेला पनि गोविन्दाको नाम एक मराठी अभिनेत्रीसँग जोडिएको थियो, तर नजिकका साथी र म्यानेजरले अफवाह मात्र भएको बताएका थिए।

हालै आफ्नै भ्लगमार्फत सुनिताले जीवनका कठिनाइबारे बोलेकी थिइन्। उनी भावुक हुँदै मन्दिर भ्रमणको भिडियोमा परिवारलाई बचाउन देवीमाथि आस्था राखेको बताएकी थिइन्।

भारतका प्रतिष्ठित संचारमाध्यमहरूले समेत बान्द्रा अदालतमा सुनिताले दिएको सम्बन्धविच्छेद निवेदनबारे रिपोर्ट गरेका छन्।

Related Articles

Back to top button