CINEMANEWS

बलिदानले सुरु गर्‍यो  देशव्यापी प्रवर्धन अभियान

सिनेमा संसार

काठमाडौं

दशैंको फूलपातिमा रिलिज हुने तयारीमा रहेको नेपाली सिनेमा ‘बलिदान’ ले देशव्यापी प्रचार अभियानको थालनी गरेको छ। निर्माण पक्षले गोङ्गबुस्थित ल्होत्से मलमा ६० फिट अग्लो र १६ फिट चौडाइ भएको भव्य पोस्टर सार्वजनिक गर्दै प्रचारको सुरुवात गरेको हो।

पोस्टरमा अभिनेता समीर भट्टलाई रगतले लतपतिएको, घाइते र आक्रोशित अवस्थाम प्रस्तुत गरिएको छ। उनी एक विशालकाय आकृतिमाथि भालाजस्तो हतियार प्रहार गरिरहेको देखिन्छन्। दृश्यले द्वन्द्व र देशभक्तिको भावनालाई झल्काउँछ। आकाशमा कालो बादल र पृष्ठभूमिमा आगोले पोस्टरलाई थप प्रभावशाली बनाएको छ।

निर्देशक सन्तोष सेनले सिनेमालाई “सिनेम्याटिक क्रान्तिको सुरुवात” भन्दै यसको सिर्जनात्मक श्रम र सामाजिक सन्देशलाई जोड दिएका छन्। उनका अनुसार, “बलिदान” केवल चलचित्र नभई एउटा अभियान बनेको छ, जसले देशभरिका दर्शकको मन छुने लक्ष्य राखेको छ।

सिनेमामा समीर भट्टसँगै सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र प्रेम पुरीको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन्।

यसअघि सार्वजनिक पोस्टरहरूमा सौगात मल्ल रहस्यमय भूमिकामा देखिएका थिए भने समीर र कविताका पात्रहरू पनि दर्शकमा चासोको विषय बनेका थिए।बलिदान’ सिनेमाको निर्माण आसुसेन फिल्म्स् प्रालिले गरेको हो।

Related Articles

Check Also
Close
Back to top button