CINEMANEWS

यो मन त मेरो नेपाली होको शीर्ष गीत  सार्वजनिक

सिनेमा संसार

काठमाडौं

भोलि शुक्रवारदेखि रिलिजमा आउने सिनेमा  यो मन त मेरो नेपाली हो को शीर्ष गीत हालै सार्वजनिक गरिएको छ। देशभक्ति भावनाको कथावस्तु समेटिएको सिनेमा को शीर्ष गीतको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानलगायतले अभिनय गरेका छन्।

जहरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीले संगीत दिएका छन्, शब्द शंकर अधिकारी घायलले लेखेका छन् र गायन कमल रसाइलीले गरेका छन्। गीतले सिनेमा को कथावस्तु दर्शाएको छ। कविराज गहतराजको नृत्य निर्देशनमा बनेको यस गीतमा करिब २ सय राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार भएको सिनेमा  मित्र प्रधानद्वारा प्रस्तुत गरिएको हो भने ज्ञानबहादुर प्रधान (रोशन) निर्माताको रूपमा रहेका छन्। सिनेमा मा नारायण खाती, भुपेन्द्र लिङ्देन मन्त्री, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायतले अभिनय गरेका छन्।मित्र प्रधान (नर) को निर्देशनमा बनेको सिनेमा मा शिवम् अधिकारीको लेखन, दीपक शर्मा, विल्सन विक्रम राई र शंकर अधिकारी घायलको शब्द रचना, अनिश अधिकारीको शब्द संकलन, दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, समीर मियाको भिएफएक्स र बनिश शाहको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button