BOLLYWOODHOLLYWOOD

टामीको म्युजिक भिडियोले हिन्दु धर्मालम्बी आक्रोशित

सिनेमा संसार
काठमाडौं

क्यानाडेली मोडल एवम् र्‍यापर टामी जेनेसिसको म्युजिक भिडियोले विश्वभरका इसाई तथा हिन्दु धर्मावलम्बी आक्रोशित भएका छन्। आक्रोशित भिडले उनको सो गीतको तिखो आलोचना गरेका छन्। उनको नयाँ गीत ट्रयु ब्ल्यु उनी हिन्दु धर्मकी देवी कालीको अवतारमा प्रस्तुत हुँदै इसाई धर्मको चिन्ह क्रस चाटेको तथा गोप्य अंगमा राखेको दृश्य समावेश गरिएपछि उनी विवादमा तानिएकी हुन्। उनीप्रति सामाजिक सञ्जालमा हिन्दु र इसाई समुदायले आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा व्यापक विरोध सामना गरिरहेको सो म्युजिक भिडियो जुन २० मा सार्वजनिक भएको थियो।

भिडियोमा उनी नीलो रंगमा रंगिएर, सुनको गहना लगाउँदै देवी कालीको अवतारमा देखिन्छिन्। त्यस्तै उनले क्रिश्चियन धर्मको प्रतीक क्रस चाटिरहेको देखिन्छ। जसले धेरैको धार्मिक भावनामा आहत पुगेको एजेन्सीले जनाएको छ। भिडियोको केही झलक सार्वजनिक भएलगत्तै हिन्दु र इसाई समुदाय दुवैले यसलाई धार्मिक अपमान भनेका छन्। धेरैले सामाजिक सञ्जालमा भिडियो डिलिट गर्न र टामीलाई माफी माग्न आग्रह गरेका छन्। युट्युब र इन्स्टाग्रामलगायत कमेन्टमा प्रयोगकर्ताले विरोध जनाइरहेका छन्।

तपाईंले माता कालीको मजाक उडाएर ठूलो गल्ती गर्नुभएको छ। उनी केवल नीलो रंगकी देवी होइनन्, उनी समय, मृत्यु र ब्रह्माण्डीय शक्तिको प्रतीक हुन्। तपाईंले हाम्रो पवित्रता आफ्नो फेसन स्टन्टमा प्रयोग गर्नुभयो। यो कला होइन, अपवित्रता हो’ एक प्रयोगकर्ता लेख्छन् ‘हामी अब यस्ता कुरा सहन सक्दैनौँ । यो हटाउनुहोस् वा एक अर्ब हिन्दुको क्रोधको सामना गर्नुहोस्। माता काली पोशाक होइनन्, शक्ति हुन्।’ क्यानाडा, भ्यानकुभरकी जेनेसिस तमिल–स्विडिस मूलकी ¥यापर हुन्। उनी प्रायः यौनिकता र जेन्डरका विषयवस्तुमा आधारित गीतका लागि चर्चित छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button