BOLLYWOODHOLLYWOOD

दिपिकामाथि बलिउड वाक अफ फेम किनेको आरोप

सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री दीपिका पादुकोणले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पारेकी छिन्। उनी हलिवुडको प्रतिष्ठित वाक अफ फेम मा समावेश हुने पहिलो भारतीय अभिनेत्री बन्ने भएकी छिन्।जुन खवर हलिवुड चेम्बर अफ कमर्सले हालै आफ्‌नो आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक गरेको थियो।
दिपिकाले यो सम्मान पाउन लागेको सार्वजनिक भएपछि बलिउड नरगरीमा एक खालको अफवाह फैलिएको छ।जस अनुसार उनले यो सम्मान किनेकी हुन् भन्ने हल्ला चलिरहेको भारतिय सञ्चार माध्यम नवभारत टाईम्सले आफ्‌नो अनलाईन पोर्टलमा समाचार प्रस्तुत गरेको छ। बलिउडमा दिपिका भन्दा डिर्जभिङ र अग्रज अन्य हस्तीहरु हुदाहुदै दिपिकालाई नै कसरी सो सम्मान दिन लागियो भनेर मानिसहरुले प्रश्न उठाईरहेको छन्।यहि विषयमा भेराईटी म्योगेजिनले तयार पारेको एक रिपोर्ट अनुसार,यस्तो आरोपहरु हरेक वर्ष आउने गरेको छ। आयोजकहरूको भनाइमा वाक अफ फेम दिन लागिएका व्यक्तिहरुको बारेमा प्रश्न उठाउदै प्रत्येक वर्ष सयौं इमेल प्राप्त हुन्छ। जसमा सम्मान प्राप्त गर्ने व्यक्तिको बारेमा निराधार आरोप र प्रश्न समावेस गरिएको हुन्छ। यसअघि केही भारतीय मूलका व्यक्तिहरूले यो सम्मान पाए पनि, दीपिका पहिलो बलिउड अभिनेत्री हुन् जसले यस्तो कीर्तिमान बनाएकी छिन्। उनले आफ्‌नो सामाजिक सञ्जालमा पनि सो सम्मानपछि सम्मानप्रति आभार व्यक्त गरेकी थिईन्।सोही बेला उनले सो सम्मानका लागि कयौ डलर रुपिया खर्च गरेको अफवाह फैलिएको हो।
हलिउड वाक अफ फेमका लागि व्यक्तिको योगदान, प्रतिष्ठा, लोकप्रियता र सामाजिक प्रभावलाई आधार मानिन्छ।हलिवुड वाक अफ फेम एक यस्तो स्थान हो, जहा फिल्म, टेलिभिजन, रेडियो, रेकर्डिङ र खेलकुद मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानस्वरूप स्टार दिइन्छ।जसलाई हलिउडको एक सडकमा राखिन्छ। जुन बुलेवार्ड र भाइन स्ट्रीटमा फैलिएको छ। जहा सन् १९६० देखि हालसम्म २,८०० भन्दा बढी ताराहरु स्थायी रूपमा राखिएका छन्।
हलिउड वाक अफ फेममा सहभागी हुनका लागि कुनै पनि व्यक्ति, संस्था वा फ्यान क्लबले कलाकारको लेखित स्वीकृति लिएर नामांकन गर्न सक्छ।जसका लागि ७५ हजार डलर रुपिया शुल्क लाग्छ। जसका लागि प्रत्येक वर्ष करिब २००–३०० नामांकन प्राप्त हुने भए पनि २० देखि ३० जनालाई सो सम्मानका लागि चयन गरिन्छ।एक पटक सम्मानित व्यक्ति चयन भएपछि, तारा निर्माण, समारोह आयोजना, सुरक्षालगायत व्यवस्थापनका लागि ४७५,००० देखि ४८५,००० डलरसम्म खर्च लाग्छ। जुन सामान्यतया स्टुडियो वा प्रायोजकहरूले बेहोर्ने गर्छन्। आयोजकले सो शुल्क स्टार स्थापना र व्यवस्थापनको लागि भएको र सम्मान किन्न असम्भव रहेको दाबी गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button