Uncategorized

जुठेकी जुनकिरी वाचा बन्धनकी चाँदनी

सिनेमा संसार
काठमाडौं

टेलिसिरियल वाचा बन्धनको दोस्रो भाग सार्वजनिक गरिएको छ। फिल्मी शैलीमा निर्मित ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल ओएसआर डिजिटल युटुबमा हेर्न सकिन्छ। टेलिसिरियल जुठेकी जुनकिरी सरिता ढुंगाना वाचा बन्धनमा चाँदनी भएर प्रस्तुत भएकी छिन् भने नव नायक प्रशान्त बुढाथोकी चन्द्रको रोचक प्रेम कथा एपिसोड २ मा देख्न सकिन्छ।

कमल बुढाथोकीको प्रस्तुति रहेको सिरियल दीपा बुढाथोकी र कमल बुढाथोकीले संयुक्तरूपमा निर्माण गरेका हुन्।
यज्ञजंग विक (आयुष) को लेखन र निर्देशन रहेको सिरियलमा आकाश मगरको गीत संगीत, रामचन्द्र काफ्लेको गायन, शिव विकको छायांकन र उमेश थापा मगरको सम्पादन रहेको छ। सिरियलमा सरिता ढुंगाना, कुशुम शर्मा, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, प्रेमदेव गिरी, सुभाष गजुरेललगायतका दुई दर्जन नयाँ र पुराना कलाकारले अभिनय गरेका छन्।

Related Articles

Back to top button