CINEMA

अभिमन्यु: च्याप्टर–१ को पोस्टर सार्वजनिक, भदौ २७ मा देश–विदेशमा एकसाथ प्रदर्शन

सिनेमा संसार
काठमाडौं

आगामी भदौ २७ गते नेपालसहित विदेशमा एकसाथ रिलिज हुने तयारीमा रहेको नेपाली सिनेमा अभिमन्यु: च्याप्टर–१ को पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा तराइ क्षेत्रको जीवनशैली झल्किने दृश्य देखाइएको छ—धानबारीको फाँट र केराको बगानसँगै एक युवकले सानी बालिकालाई स्कुल लैजाँदै गरेको छ। बालिका सरकारी विद्यालयको पोसाकमा छिन् र उनका हातमा किताब र कापी छन्। यो दृश्यले सिनेमाको सामाजिक पृष्ठभूमि र संवेदनशील विषयवस्तुको संकेत दिन्छ।थिम पोस्टरले मधेसी समुदायको परिवेश र तिनले भोग्ने आर्थिक तथा सामाजिक संघर्षलाई उजागर गर्छ। कथावस्तु आर्थिक प्रलोभनमा पसी चक्रव्यूहमा फसेको पात्र र त्यसबाट उम्किन खोज्ने प्रयासमा केन्द्रित रहेको बताइएको छ। हाल सिनेमा पोस्ट-प्रोडक्सन चरणमा छ।

अभिमन्यु मा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।सिनेमाको निर्देशन सुशान्त गौतमले गर्दैछन्, जसको यो डेब्यु निर्देशन हो। ‘बाटो: रोड टु डेथ’ का निर्देशक मदन थापा यस सिनेमामा क्रिएटिभ निर्देशकको भूमिकामा छन्।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भइरहेको सिनेमामा विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका छन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माताको रूपमा संलग्न छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता हुन्। जीवन शाक्यले लाइन प्रोड्युसरको भूमिका सम्हालेका छन्। सिनेमाको कथा मुकेश खनालले लेखेका हुन् भने छायांकन शरद महतो र सम्पादन मदन घिमिरेले गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button