BOLLYWOODHOLLYWOOD

शिल्पा भन्छिन्‌– मलाई ट्रोल गरिरहनुहोस्‌

सिनेमा संसार काठमाडौं
बलिउड अभिनेत्री बिपाशा बसुलाई सामाजिक सञ्जालमा उनको पछिल्लो सार्वजनिक उपस्थितिलाई लिएर केही व्यक्तिहरूले आलोचना गरेपछि उनले त्यसबारे प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जालमा उनको तौल र हिडाइको शैलीको आलोचना गरेपछि उनले ती व्यक्तिहरुलाई आफू यस्ता भनाइबाट विचलित नहुने र यसलाई बेवास्ता गर्दै अघि बढिरहेको बताएकी छन्।
पछिल्लो समय सामाजिक मिडियामा आफूमाथि भइरहेको शारीरिक आलोचना नियालिरहेकी उनी भन्छिन् कृपया मलाई ट्रोल गर्न जारी राख्नुहोस्, मलाई कुनै फरक पर्दैन। जीवनका हरेक चरणमा आफूलाई माया गर्नुहोस्। आफ्‌नो आत्मविश्वास लगाएर हिड्नुहोस्। ई्‌न्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै उनी भन्छिन्। सो पोष्टमा उनका पति करण सिंह ग्रोभरले पनि प्रतिक्रिया दिदै उनलाई समर्थन गरेका छन्।
बिपाशा बसु र उनका पति करण सिंह ग्रोभरले २०२२ को नोभेम्बर १२ मा आफ्‌नो पहिलो सन्तान, देवीलाई जन्म दिएका थिए। बच्चा जन्मिएको लामो समयपछि सार्वजनिक भएकी बिपासाको शारीरिक बनावट निकै फेरिएपछि सामाजिक सञ्जालमा उनीमाथि मानिसहरुले आलोचना गरेका हुन्।

Related Articles

Check Also
Close
Back to top button