CINEMANEWS

कर्मामा उपासनाको क्यारेक्टर लुक्स सार्वजनिक

सिनेमा संसार

काठमाडौं

सिनेमा कर्मामा उपासना सिंह ठकुरीको लुक्स कस्तो रहनेछ ? विपीन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माणपक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् ।यद्धपी यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ ।कर्मालाई अगस्त्य फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । कर्माको छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।सिनेमा कर्मा चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुनेछ ।एक्सन जनरामा निर्माण भएको कर्मा विपीनको पहिलो एक्सन सिनेमा हो ।सिनेमामा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।मुकुन यो सिनेमामा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।कर्माले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।केही समय अघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा कर्माप्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ ।आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी रहनेछ ।निर्देशक चौधरीको अगस्त्यः च्याप्टर १ ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button