NEWS

मुकुन्दकिशोर भट्टराय र गौरी मल्लदेखि रामकाजी घिमिरेसम्मलाई कलाकार संघको पुरस्कार

सिनेमा संसार
काठमाडौं
नेपाल चलचित्र कलाकार संघको हालैे बसेको कार्यकारिणी समितिको बैठकबाट संघले कलाकारलाई प्रदान गर्ने पुरस्कारको निर्णय गरेको छ।
लोकप्रिय अभिनेत्री बसुन्धरा भुसाल अध्यक्ष रहेको कार्यकालमा स्थापित नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७८ सालका लागि ५ दशकदेखि अभिनय गर्दै आएका अभिनेता मुकुन्दकिशोर भट्टराय, २०७९ का लागि ४ दशकदेखि अभिनय गर्दै आएका अभिनेता लय संग्रौला र २०८० सालका लागि ४ दशकदेखि अभिनय गर्दै आएका अभिनेता पुरण जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशी जनही ७५ हजार रुपियाँ रहेको छ
यसै गरी संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा रमेश बुढाथोकी अध्यक्ष रहेको कार्यकालमा स्थापित शान्ती मास्के स्मृती परस्कार ४ दशकदेखि अभिनय गर्दै आएकी अभिनेत्री गौरी मल्ललाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी ५६ हजार रुपियाँ रहेको छ।
त्यसै गरी केही वर्षअघि दिवंगत कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहेका कलाकार लक्ष्मी शर्माले रवीन्द्र खड्का अध्यक्ष रहेको कार्यकालमा संघलाई प्रदान गरेको तीन लाख रुपैयाको अक्षयकोशवापत प्राप्त व्याजबाट यस वर्षदेखि १० हजार रुपियाँ राशीसहित गोपाल राउत स्मृति पुरस्कार प्रदान गरिने भएको छ। २०८० सालको गोपाल राउत स्मृति पुरस्कार ४ दशकदेखि अभिनय गर्दै आएका कलाकार रामकाजी घिमिरेलाई प्रदान गरिने भएको छ।संघले वर्षेनी पदान गर्दे आईरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मि कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई प्रदान गर्ने निर्णय गरिएको छ। यि सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा प्रदान गरिने संघका अध्यक्ष मोहन निरौलाले जानकारी गराएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button