CINEMANEWS

जनै हराएको बाहुनमा केकी र मिरुना

सिनेमा संसार
काठमाडौं
निर्माणको क्रममा रहेको सिनेमा जनै हराएको बाहुनको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्धन गरिएको छ।
अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्धित भइसकेका छन्। सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलाएको छैन।


आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने जनै हराएको बाहुन हिमाल न्यौपानेले निर्देशन गर्नेछन्।
पेपरक्लिप प्रालिले निर्माण गर्ने सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। सिनेमाले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ। आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ।

Related Articles

Check Also
Close
Back to top button