CINEMAEVENTNEWS

लाप्राकमा ग्रामीण सिनेमा महोत्सव हुने

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ। चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा बस्तुमा बनेका सिनेमालाई सहभागी गराइनेछ। आजैबाट सिनेमाको दर्ता प्रक्रिया पनि सुरु भएको छ। महोत्सवमा सहभागी हुन चाहने सिनेमा टिमले ruralnepal2078@gmail.com मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन्।
पर्यटन प्रवर्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन्। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा र भाषाभाषीका सिनेमा सहभागी हुनेछन्। जुरी टिमले छनोट गरेका सिनेमा अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट सिनेमालाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
प्रदर्शन गरिएका सिनेमासँग सम्बन्धित सिनेकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा सिनेमा बनाउने बिषयमा वर्कशप हुने र सिनेकर्मीको बीचमा ग्रामीण सिनेमाको कथा तथा मौलिक सिनेमा निर्माण सम्बन्धी अन्तरकृया हुने र उत्कृस्ट सिनेमालाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने समेत अध्यक्ष सापकोटाले जानकारी दिएका छन्।

Related Articles

Back to top button