CINEMA

वीराङ्गनाको लुक्स

सिनेमा संसार संवाददाता
काठमाडौं, जेठ २३
आगामी असार २९ गते रिलिज हुने सिनेमा वीराङ्गनाको निर्माण संस्थाले एकसाथ ४ पोष्टर सार्वजनिक गरेको छ। प्रेमकथामा आधारित यो एक्सन सिनेमाका यी पोष्टरमा अनुपविक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईं छन्।    

एक पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा प्रस्तुत गरिएको छ। एक्शन जनराको नारीप्रधान सिनेमाको निर्देशन राजबहादुर सानेले गरेका छन्। शिल्पा, अनुप र पृथ्वीराजका साथै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतका कलाकार मुख्य भुमिकामा रहेको सिनेमामा दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य, श्री श्रेष्ठको द्वन्द निर्देशन हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ।
निर्देशक सानेले सिनेमा सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पु¥याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको वारेमा बनेको बताए। अभिनेता अनुपविक्रम शाहीले शसस्त्र प्रहरीभित्रको एउटा पात्रको भुमिका निर्वाह गरेको बताए भने अभिनेत्री शिल्पा पोखरेलले आफुसँगै बाँदर र घोडाको कलाले दर्शकलाई मनोरञ्जन दिने बताइन्।

Related Articles

Back to top button