FASHION

मिस नेपाल पिसमा २६ को स्पर्धा

सिनेमा संसार संवाददाता
काठमाडौं
मिस नेपाल पिस २०७५ का लागि २६ प्रतियोगी छानिएका छन्। नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यालय टेकुमा आयोजित छनौट चरणको अडिसनमा करिब ९ दर्जनले सहभागीता जनाएका थिए।
कोरियोग्राफर रोजिन शाक्य, मिस नेपाल पिस २०१७ की विजेता सनम थापा मगर, डा. स्मृती मास्के प्रधान, तेयन शर्मा, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलालगायत निर्णायकले अन्तिम प्रतियोगिताका लागि २६ प्रतियोगी छानेका हुन्।
यो स्वास्थ्य पेसासँग सम्बन्धितसौन्दर्य प्रतियोगिता हो। नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ।
प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगी केही दिनमै प्रिशिक्षमा जुट्दै छन्। प्रशिक्षणको क्रममा उनीहरुलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्। प्रतियोगिताको अन्तिम स्पर्धा आगामी बैशाख ७ होटल सोल्टी क्राउन प्लाजमा आयोजना हुँदैछ। शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्रबृती जित्न सक्ने आयोजकले जनाएका छन्।

Related Articles

Back to top button