CINEMANEWS

चमेलीको पोई चैतमा

सिनेमा संसार
काठमाडौं

एभरेस्ट सूर्य बोहराद्वारा पछिल्लोपटक निर्देशित फिल्म चमेलीको पोई आगामी चैत १३ गते रिलिजमा आउने भएको छ।
निर्माण पक्षले नारायणथानमा फस्टलुक पोस्टर सार्वजनिक गर्दै टिमले फिल्म रामनवमीको अवसर पारेर चैत १३ गते रिलिज गर्ने घोषणा गरेको हो।

फिल्मको तीन डिजाइनका पोस्टर सार्वजनिक गरिएको छ। जसमध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् भने अर्कोमा सुरक्षाले बन्दुक भिरेकी छन्, मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन्। अर्को पोस्टरमा फिल्मका सबैजसो कलाकारलाई समेटिएको छ। सो पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिचिरहेका छन्।कमेडी र सस्पेन्समा निर्माणाधीन फिल्ममा मुकुन र सुरक्षाका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मिना आरएल शाही, ऋतु मल्ल ठकुरीलगायतले अभिनय गरेका छन्।

धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनिता सापकोटा र राम नारायण उपाध्यायद्वारा निर्माणाधीन फिल्ममा पटकथा र संवाद शिवम् अधिकारी, संगीत राजनराज सिवाकोटीको, कोरियोग्राफी कविराज गहतराज, एक्सन कुमार महर्जन, छायांकन शेर बहादुर तामाङ तथा सम्पादन बन्दे साह र सुजन वडालको रहेको छ।

Related Articles

Back to top button