BOLLYWOODHOLLYWOOD

अझै पनि प्रियंका पति निकलाई माया गर्छिन् माइली

सिनेमा संसार
काठमाडौं

अमेरिकी गायिका माइली साइरस आफ्ना गीतका संगीतका साथै व्यक्तिगत सम्बन्धका कारणले पनि सधैँ चर्चामा रहन्छिन्।
माइली हालै अमेरिकी गायक एवम् बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनसँग आफ्नो प्रेम सम्बन्धबारे दिएको प्रतिक्रियाका कारण चर्चामा छिन्। उनले आफू १३ वर्षको हुँदै निक जोनससँग डेट गर्न थालेको र सो प्रेम सम्बन्ध करिब २ वर्षसम्म चलेको दाबी गरेकी छन्। एक पडकास्टमा कुराकानी गर्दै उनले आफूहरूको सम्बन्ध छोटो भए पनि आजसम्म पनि निकलाई भूल्न नसकेको खुलासा गरेकी छन्।

माइलीका अनुसार उनले सन् २००६ मा निकसँग डेट गर्न शुरू गरेकी थिइन्। उनको निकसँग सन् २००९ सम्मको सम्बन्ध निकै उतारचढावपूर्ण रह्योे। सम्बन्धको दौरानमा धेरैपटक ब्रेकअप पनि भएको थियो। ‘निक मलाई मन पर्थे, म उनलाई माया गर्थेँ । अहिले उनी विवाहित छन् र पिता पनि बनिसकेका छन। हामी दुबै आ–आफ्नो जीवनमा अगाडि बढिसकेका छौँ र पनि म उनलाई उत्तिकै माया गर्छु’ माइलीले भनेकी छन्।फ्यानहरूले निक र माइलीको जोडीलाई नाइली भनेर सम्बोधन गर्थे। माइलीका अनुसार, जब उनी र निक सम्बन्धमा थिए, त्यतिबेला निकले आफ्नो म्युजिक टुरमा माइलीलाई समावेश गरेनन्। निक आफ्नो करियरमा केन्द्रित भइरहेका थिए र डिज्नीबाट टाढा हुन खोजिरहेका थिए। माइली भने आफूलाई पनि निकले सांगीतिक टुरमा लैजाउन् भन्ने चाहन्थिन्। यही कुराले दुवैको सम्बन्धमा दरार आयो। ‘यही कुराले मलाई निकले बेवास्ता गर्न थालेको महसुस भएको थियो। मैले उस्लाई तिमी मलाई किन छोड्दैछौ? के हामी सँगै टुर गर्न सक्दैनौँ भनेर सोधेँ । त्यही कुराले विवादको रुप लियो। अन्ततः मैले बुझे कि निक धेरै अगाडि बढिसकेका थिए’ माइलीले भनेकी छन्।

निकसँगको ब्रेकअपपछि माइलीको जीवनमा पनि धेरै सम्बन्धहरू आए। उनले सन् २०१८ मा अस्ट्रेलियन अभिनेता लिआम हेम्सवर्थसँग विवाह गरिन्। तर सो विवाह २ वर्षमै टुंगियो। एजेन्सीका अनुसार हाल माइली अमेरिकी म्युजिसियन म्याक्स मोरांडोसँग सम्बन्धमा छिन्। त्यस्तै सन् २०१६ मा बलिउड अभिनेत्री प्रियंका चोपडाका साथ प्रेम सम्बन्ध जोडेका निकले सन् २०१८ मा विवाह गरे र हाल उनीहरूको छोरी मालती मेरी जोनस छन्।एक समय माइली र निकको टीनएज प्रेमले धेरैको मन छोएको थियो। यद्यपि उनीहरूको सम्बन्ध टिकेन, तर उनीहरू आज पनि एक अर्कालाई सम्मान गर्छन्।

Related Articles

Check Also
Close
Back to top button