BOLLYWOODHOLLYWOOD

मानसी १५ औं ईण्डियन आईडल

२५ लाख भारतिय रुपिँया सहित कार उपहार

सिनेमा संसार
काठमाडौं

भारतको चर्चित रियालिटी गायन शो इन्डियन आइडल १५ को उपाधि मानसी घोषले जितेकी छन्। उपाधि जितेसंगै उनले ट्रफीका साथमा २५ लाख भारतिय रुपिया र कार उपहार पाएकी छन्।यसअघि गायन रियालिटी शो सुपर सिंगर को तेस्रो सिजनमा पनि सहभागी भएर फस्ट रनरअप भएकी मानसीले आफ्‌नो सुमधुर र जादुमयी स्वरका कारण लाखौको मन विजत्दै आएकी थिईन्।शोको उपाधि जितपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। शोको फिनालेमा स्नेहा शंकर, सुभाजित चक्रवर्ती, चैतन्य देवधे (माउली), प्रियङ्शु दत्त र मानसी घोषले प्रतिष्पर्धा गरेका थिए।जसमध्ये स्नेहा, मानसी र सुभाजित टप ३ मा परेका थिए।सेकेन्ड रनरअप भएकी स्नेहा शंकरले ५ लाख भारतिय रुपिया जितिन भने टी–सिरीजका भुषण कुमारमार्फत गीत रेकर्डिङ को अफर समेत प्राप्त गरेकी छन्। ईण्डियन आईडलको यस सिजनमा श्रेया घोषाल, विशाल ददलानी र बादशाह निर्णायक रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button