
सिनेमा संसार
काठमाडौं
बलिउड सिनेेेमा सनम तेरी कसमले पुन रिलिजमा निकै सफलता पाएको छ। सन् २०१६ मा रिलिज भएको यस सिनेेेमात्यो बेला बक्स अफिसमा फ्लप भएको थियो। तर रि –रिलजमा भने यसले नसोचेको सफलता पाईरहेको छ। झण्डै दशकपछि हलमा फर्किएको सिनेमाले भारतीय बक्स अफिसमा गरेको व्यापार लोभ लाग्दो छ।
राधिका राव र विनय सापरु निर्देशित सिनृमाले अहिले पनि दर्शकको माया पाएको छ । सिनृमामा हर्षवर्धन राणे र मावरा होकान मुख्य भूमिकामा छन् ।
गत शुक्रबार भारतका हलमा पुनः रिलिज भएको सिनेमाले पाँचौ दिन मंगलबार २.८५ करोड भारु कमायो । योसँगै सिनृमाले रि–रिलिजमा २१ करोड भारु कमायो । शुक्रबार मात्रै ४ करोडको ओपनिङ गरेको थियो ।
शनिबार ५.२५ करोड भारु र आइतबार ५.७५ करोड भारु कमायो। बक्सअफिसमा नयाँ सिनेमाको भीडन्त चल्दा पनि सनम तेरी कसमले बक्स अफिसको स्थान बलियो राखेको छ सिुने माले अहिले पनि दर्शकलाई हलसम्म तान्न सकेको छ ।यो सिनेमाको प्रेमकथाले अहिले पनि दर्शकको मन जितिरहेको छ । सिनेेेमाहेर्न पुराना र नयाँ दुवै पपुस्ताका दर्शक पनि हलमा पुगेको छन्। कथाले भ्यालेन्टाइन्स मुड जगाउने मद्दत गर्ने र प्रणय दिवसको छेकोमा सिनेमाले अझै कमाइ गर्ने प्रक्षेपण छ ।