CINEMA

रोज र रामकहानी कुन कति पानीमा!

सिनेमा संसार संवाददाता
काठमाडौं
बहुचर्चित सिनेमाहरु रोज र रामकहानी आज शुक्रवार एकसाथ रिलीजमा आएको छ।
रोजलाई निरक पौडेलले निर्देशन गरेका छन्। सिनेमा लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए। सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास निर्देशक पौडेलले व्यक्त गरे। गोपिकृष्ण मुभिज र आरोही फिल्म्सले निर्माण गरेको सिनेमा मुलुकका ९० भन्दा बढी सिनेमा हलबाट रिलिज भएको छ। वितरक गोबिन्द शाहीका अनुसार काठमाडौंको विश्वज्योती बाहेक सबै सिँगल र मल्टिप्लेक्स हलमा रोज लागेको छ। यो सिनेमाले काठमाडौंको क्युएफएक्समा शुक्रबार १५ शो पाएको छ।
सिनेमामा अभिनेता प्रदीप खड्का, अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको मुख्य भूमिका छ। अन्य कलाकारमा कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन्। रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिष कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
अभिनेता प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन्। एक सातासम्म मोफसलका ८ शहरमा कन्सर्ट गरेर काठमाडौं आएका प्रदीप, पारमिता र मिरुनाले बुधबार र बिहिबार पनि काठमाडौंमा कन्सर्ट गरेका थिए। सिनेमाको शुक्रबार बिहान राजधानीको विग मुभिजमा प्रेस शो राखिएको थियो।
उता नायिका पूजा शर्मा र निर्देशक सुर्दशन थापाको निर्माण रहेको सिनेमा रामकहानीमा हास्यकलाकार केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको प्रमूख भूमिका रहेको छ। निर्देशक थापाको कथा, महेश दुवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवाद रहेको छ। अर्जन पोखरेलको गीत तथा संगीत, कविराज गहतराजको कोरीयोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button