NEWS

अभिनेता सेनानी भिमबहादुर थापाको निधन

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेता सेनानी भिमबहादुर थापाको निधन भएको छ । अभिनेता थापाको मंगलबार बिहान २ बजे ९२ वर्षको उमेरमा मैतीदेवीस्थित निवासमै निधन भएको हो।
रंगमञ्च र रेडियो नाटकदेखि टेलिफिल्म र सिनेमासम्म छाउँदै आएका अभिनेता २ वर्षअघिसम्म पनि अभिनयन क्षेत्रमा सक्रिय रहँदै आएका थिए। उनी सधैं युवा जोशमा श्वास रहेसम्म अभिनय गर्छु भन्ने गर्थे।
उनकी केही समययता बुढ्यौलीका कारण अस्वस्थ थिए। स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना गरिएका उनले घर जान्छु भनेका कारण निवास फर्काइएको केही दिनपछि नै थापाको निधन भएको हो।
थापाको आज बुधबार अपरान्ह १२ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button