CINEMANEWS

टाँकमार्फत प्रियंकाको नयाँ पाटो

सिनेमा संसार
काठमाडौं
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी दम्पतीले केही वर्षअघि स्थापना गरेको आयंका फिल्म्स्को ब्यानरबाट सिरिज र सर्ट सिनेमा निर्माण गर्दै आएका छन्।
यसै क्रममा आयंका सिनेमाले निर्माण गरेको सर्ट सिनेमा टाँक हालै रिलिज भएको छ। १४ मिनेट ४४ सेकेन्ड लामो यो सर्ट सिनेमाले यतिबेला दर्शकको ध्यान तानेको छ। सार्वजनिक भएपछि छोटो समयमै चार लाखभन्दा बढी पटक हेरिएको सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको छ।
सिनेमामा मुख्य भूमिकामा प्रियंका कार्की देखिएकी छन्। ग्रामीण परिवेशमा आधारित पात्रमा उनको अभिनय दर्शकले रुचाएका छन्। दर्शकले उनको अभिनयको खुलेर प्रशंसा गरिरहेका छन् भने समीक्षात्मक प्रतिक्रिया पनि सकारात्मक प्राप्त भइरहेको छ।
पश्चिम नेपालको ग्रामीण जनजीवन र सामाजिक परिवेशलाई चित्रण गरिएको सिनेमामा विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण तुइनको यथार्थ प्रस्तुत गरिएको छ।
सम्तेन भुटियाको निर्देशनमा बनेको सर्ट सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका हुन्। सिनेमामा प्रियंका कार्कीका साथ रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी र रेणुनाथ योगीको अभिनय रहेको छ। टाखमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले लगानी गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button