
सिनेमा संसार
काठमाडौं
खेलकुद र प्रकृतिबीचको सम्बन्धको कथा भन्ने सिनेमा बुकी को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मोहन केसीको निर्देशनमा तयार भएको सिनेमाको फस्टलुक पोस्टरमा नाम बोक्ने बुकी फूल झपक्क फुलेको देखिन्छ। लेकाली भूगोलको चौरमा कुहिरो डम्म छोपिँदै गरेको दृश्यमा एक पुरुषसहित सात महिला भलिबल खेलिरहेका देखिन्छन्।
बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छ। स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई ‘बुकी’ भन्ने गरेकाले त्यहाँ फुल्ने फूललाई बुकी फूल भनिएको हो।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स्को ब्यानरमा बनेको यस सिनेमामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत निर्माता छन्। प्रकाश आले र राजन केसी कार्यकारी निर्माता, राजेश थापा र वसुन्धरा खरेल कार्यकारी निर्माता तथा जितु थापा र सुनील बुढाथोकी सह–निर्माता हुन्।
सिनेमामा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायत कलाकारको अभिनय रहेको छ। दीपक शर्मा र एचबीएन किस्मतको संगीत, विकास गन्धर्वको डीओपी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
निर्माण पक्षका अनुसार बुकी ले खेलकुद, प्रकृति र मानवीय सम्बन्धलाई एकैसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ।