BOLLYWOODHOLLYWOOD

डिभोर्सको हल्ला बीच गोविन्दा–सुनीता सँगै गणेश चतुर्थीमा

सिनेमा संसार काठमाडौं

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजा बीच डिभोर्सको हल्ला लामो समयदेखि चल्दै आएको छ। तर गणेश चतुर्थीको अवसरमा दुवै दम्पती सँगै सार्वजनिक भए र मिडियासँग भेटेर सबैलाई शुभकामना दिए।

बुधबारको विशेष दिनमा गोविन्दा–सुनीता मिडियासामु सँगै देखिए। यस अवसरमा उनले सबैलाई गणेश चतुर्थीको शुभकामना दिँदै आफ्ना सन्तान टीना र यशका लागि आशीर्वाद मागे।

गोविन्दाले भावुक हुँदै भने, “यसभन्दा विशेष अरू केही हुन सक्दैन। भगवान् गणेशको आशीर्वादले परिवारका सबै दुःख र कठिनाइ टाढा हुन्छन्। हामी सबै मिलेर शान्तिपूर्वक जीवन बिताऔं। हामी सधैं सँगै रहौं भन्ने मेरो प्रार्थना छ।”

त्यसैगरी उनले सन्तानको कुरा गर्दै थपे, “म खासगरी तपाईँहरूको आशीर्वाद यश र टीनाका लागि चाहन्छु। उनीहरूको सफलताका लागि म भगवान् गणेशसँग प्रार्थना गर्छु। तपाईँहरूको माया र आशीर्वादले उनीहरूको नाम मेरो भन्दा पनि माथि पुग्नेछ।”तलाकसम्बन्धी प्रश्नमा सुनीताले जवाफ दिँदै भनिन्, “तपाईँहरू यहाँ विवाद सुन्न आउनुभएको हो कि गणपति बप्पा मोर्या भन्न आउनुभएको हो? कुनै विवाद छैन।”मिडियालाई कठोर शब्दमा चेतावनी दिँदै उनले थपे, “यदि हामी अलग हुने भएको भए आज सँगै देखिन्थ्यौं र? हामीलाई कसैले अलग गर्न सक्दैन, न भगवान्ले न त शैतानले। मेरो पति मात्र मेरो हो, त्यसैले मेरो गोविन्दा पनि मात्र मेरो हो। जबसम्म हाम्रो मुखबाट केही निस्कँदैन, कुनै हल्लामा विश्वास नगर्नुहोस्।”

गत केही महिनादेखि सुनीताको युट्युब भ्लगपछि दुवैको सम्बन्धबारे हल्ला तीव्र बनेको थियो। तर सुनीताले हालै स्पष्ट पार्दै भनेकी छिन्— “मलाई मेरो जस्तो माया कसैले गर्न सक्दैन।” उनले १९९० को दशकमा गोविन्दा जस्ता थिए, त्यस्तै गोविन्दालाई अझै पनि मिस गर्ने गरेको स्वीकार गरिन्।

Related Articles

Back to top button