BOLLYWOODHOLLYWOOD

बलिउड अभिनेत्री परिणीति चोपडा आमा बन्दै

सिनेमा संसार
काठमाडौं

बलिउड अभिनेत्री परिणीति चोपडा र उनका पति, राजनीतिज्ञ राघव चड्ढाले पहिलो सन्तानको पर्खाइमा रहेको खुसीको खबर इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन्।

उनीहरूले पोस्टमा बच्चाको खुट्टाको चित्र सेयर गर्दै “१+१=३” लेखेका छन्, जसले अब उनीहरूको परिवारमा नयाँ सदस्य आउन लागेको संकेत गरेको छ। साथै पोस्टको क्याप्सनमा लेखिएको छ– “हाम्रो सानो संसार… अब आउँदैछ, नाप्न सकिनेभन्दा धेरै परको अनुग्रह।”परिणीति र राघवको यो घोषणापछि बलिउड तथा विश्वभरका फ्यानहरूले हृदयदेखि बधाई दिएका छन्।

सोनम कपूर, नेहा धुपिया, रकुल प्रीत, भूमि पेडनेकरलगायतका बलिउड सेलिब्रेटीहरूले पनि कमेन्टमार्फत उनीहरूलाई बधाई दिँदै खुशी बाँडेका छन्।

यो पोस्टसँगै दुवैले एउटा भिडियो पनि सेयर गरेका छन्, जसले उनीहरूको खुसीलाई झनै विशेष बनाएको छ। परिणीति र राघवलाई बलिउडको सबैभन्दा प्रिय जोडीमध्ये एक मानिन्छ र अहिले उनीहरूको ‘तीन सदस्यीय परिवार’ बन्ने खबरले चर्चालाई थप चुल्याएको छ।

Related Articles

Back to top button