CINEMANEWS

कर्णाली क्षेत्रको सामाजिक–राजनीतिक कथा रेलको बाटोमा पर्दामा आउने

सिनेमा संसार
काठमाडौं

कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौगोलिक अवस्थालाई समेट्ने उद्देश्यले ‘रेलको बाटो’ नामक नयाँ नेपाली सिनेमा बन्ने भएको छ।

सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् भने यो २०८३ सालमा प्रदर्शनमा आउने योजना छ। छायांकन यस वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा गरिनेछ।सिनेमाले नागरिकको संघर्ष, राजनीतिक प्रवृत्ति, सडक समस्या, उपचारमा कठिनाइ, विकास योजनामा हस्तक्षेप र शक्ति केन्द्रको नजरअन्दाज जस्ता विषयलाई कथा केन्द्रबिन्दु बनाउनेछ।‘कस्तुरी प्रोडक्सन’ र ‘रेड अम्ब्रेला इन्टरटेन्मेन्ट’को सहकार्यमा बन्ने सिनेमाको छायांकन निशाल पौडेलले गर्नेछन् र संगीत सुरज पण्डितले तयार पार्नेछन्।निर्माण टिमले सार्वजनिक गरेको थिम पोस्टरमा ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने सन्देशले राज्यको उपेक्षा र पीडालाई झल्काएको छ।सिनेमा अहिले प्रि–प्रोडक्सनको चरणमा छ भने यसको म्युजिक भिडियोले पनि चर्चा पाएको छ।‘रेलको बाटो’ले दूरदराजका जनताको पीडा र कहिल्यै नआउने रेलजस्तो आशालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गर्नेछ।

Related Articles

Back to top button