
सिनेमा संसार
काठमाडौं
क्यानेडियन पप गायक जस्टिन बीबरको पैपराजीसंगको झगडाको विषय हाल सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ। हालै सार्वजनिक भएको एक भाइरल भिडियोमा उनी पापाराजीमाथि चिच्याइरहेका देखिन्छन्।घटनामा केही पैपराजीको व्यवहारले उनी निकै रिसाएका देखिन्छन्। भाइरल भिडियोमा उनी ती पत्रकारहरूमाथि अपशब्द प्रयोग गर्दै देखिन्छन्।यो भिडियो इन्टरनेटमा फैलिनासाथ, धेरै प्रयोगकर्ताहरूले उनको आक्रामक व्यवहारमाथि प्रतिक्रिया दिन थाले। यो घटनापछि जस्टिनले सामाजिक सञ्जालमा एउटा पोस्ट पनि सेयर गरेका छन्, जहा“ उनले आफ्नो रिस उठ्ने समस्याबारे खुलेर कुरा गरेका छन्। साथै यहि विषयलाई लिएर उनले हालै सामाजिक सञ्जालमा भावुक पोस्ट शेएर गरेका छन्। बीबरको सो इमोशल पोष्ट यस्तो छ म भित्रैबाट टुटेको छु,
मानिसहरु भन्छन् कि म निको हुनु पर्छ। तर के तपाईंलाई लाग्दैन, यदि म आफैंले आफैंलाई ठीक गर्न सक्ने हैसियतमा हुन्थें भने मैले पहिल्यै गरिसकेको हुने थिएँ?
मलाई थाहा छ म भित्रैबाट टुटेको छु। मलाई थाहा छ मलाई रिस उठ्ने समस्या छ।
मैले सधैं आफूलाई ती मानिसहरूजस्तो बनाउन खोजे“ जसले भनेका थिए कि म उनीहरूजस्तै बन्नुपर्छ।तर यसले मलाई थकित बनाउ“छ र अझ गहिरो रिस उठाउ“छ।आफ्नै बारे सोचेर थकित छु।
उनी अझै लेख्छन् जति म आफूलाई सुधार्न खोज्छु, त्यति नै म आफूमा केन्द्रित हुन्छु।
तर साँचो कुरा के हो भने — म हालै आफ्नै बारे सोच्दासोच्दै थाकिसकेको छु।के तपाईंहरू पनि थकित हुनुहुन्न?
जस्टिन बीबरको जीवनका स–साना गतिविधिहरू समेत मिडिया र पापाराजीको निगरानीमा रहन्छ। जसका कारण उनी आफूलाई शान्तिपूर्वक बा“च्न नपाएको महसुस गर्छन्। जहा“ गए पनि, उनीहरू उनलाई पछ्याइरहेका हुन्छन्।
हालै जस्टिन र उनकी पत्नी हेली बीबरको सम्बन्धविच्छेदको हल्ला पनि मिडियामा फैलिएको थियो, जसले उनलाई झन् तनाव दिएको छ। यही कारणले गर्दा उनी बेला–बेला मिडिया र पापाराजीप्रति आक्रोश व्यक्त गर्ने गर्छन्।