BOLLYWOODHOLLYWOOD

करिष्माको पूर्वपतिको निधन

सिनेमा संसार काठमाडौं

बॉलीवुड अभिनेत्री करिश्मा कपूरका पूर्व पति  एवम व्यवसायी संजय कपूरको ५३ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्यु हार्ट अट्याकका कारण भएको हो। हार्ट अट्याक इंग्ल्यान्डको गार्ड्स पोलो क्लबमा आएको थियो, जहाँ उनी पोलो खेल्दै थिए। खेल खेल्दा संजय अचानक मैदानमा लडे। उनलाई तुरुन्त अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरे।

संजय कपूरलाई परिचित उद्योगपतिहरूमा गनिन्छ र उनलाई पोलो खेल्न निकै रुचि थियो। उनको यस्तो आकस्मिक निधनले परिवार, साथीहरू र समर्थकहरूलाई ठूलो सदमा पुर्‍याएको छ। करिश्मा कपूर र संजय कपूरको विवाह २००३ मा परिवारको सहमतिमा भएको थियो। उनीहरूको दुई सन्तान छन् — छोरी समायरा र छोरो कियान।तर केही वर्षपछि उनीहरूको वैवाहिक सम्बन्धमा दरार आउन थाल्यो र दुबै पक्षले २०१४ मा आपसी सहमतिमा डिभोर्सको निवेदन दायर गरे। डिभोर्स २०१६ मा सम्पन्न भयो। डिभोर्सको क्रममा करिश्मा कपूरले संजयमाथि मानसिक र भावनात्मक यातना जस्ता गम्भीर आरोप लगाएकी थिइन्, जुन मुद्दा लामो समयसम्म मिडियामा चर्चित रह्यो।करिश्मासँग डिभोर्सपछि संजयले प्रिया सचदेवसँग पुनः विवाह गरे। संजयको मृत्युको खबर सार्वजनिक भएपछि सामाजिक संजालमा मानिसहरू स्तब्ध भएका छन्। करिश्मा कपूरको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि, करिश्मा र संजय अलग भए पनि, संजय प्रायः आफ्ना छोराछोरीसँग भेटघाट र समय बिताउँथे।

Related Articles

Check Also
Close
Back to top button