
सिनेमा संसार
काठमाडौं भारतको हैदरावादमा जारी मिस वर्ल्ड प्रतियोगिता विवादमा तानिएको छ। मिस इंग्ल्याण्ड २०२४ कि विजेता मिल्ला मगेले आफूलाई प्रतियोगीतामा यौनकर्मीको जस्तो व्यवहार गरिएको भन्दै शोबाट अचानक बाहिरीएकी छन्। २४ वर्षीया मिल्लाले द सनलाई दिएको अर्न्तवार्तामा भनेकी छन् मैले आफूलाई यौनकर्मी जस्तो महसुस गरें। मलाई यस्तो लाग्यो कि मलाई पुरुष प्रायोजकहरूको मनोरञ्जनको लागि मात्र राखिएको हो।उनले आफूहरुलाई मिस वर्ल्डका लागि ठूलो आर्थिक सहयोग गर्ने वृद्ध व्यक्तिहरुको साथमा समय बिताउन समेत लगाइएको बताउदैे प्रतियोगितामा महिलाको शारीरिक उपस्थिति र बाह्य सौन्दर्यलाई मात्र प्राथमिकता दिइएको भन्दै यसको आलोचना गरिन्। साथै उनले ब्यूटी विद अ पर्पसको नारामा आधारित प्रतियोगितामा महिलाको वास्तविक उद्देश्य र योगदानलाई नजरअन्दाज गरिएको समेत बताईन्।
मिल्लाका अनुसार प्रतियोगीतामा प्रत्येक टेबलमा ६ जना पाहुना र २ जना प्रतियोगी महिलालाई राख्ने गरिन्थ्यो। म त्यहा कसैलाई मनोरञ्जन दिन र हसाउनका लागि गएको थिईन्। म त्यहा सामाजिक मुद्धाहरुको बारेमा बहस गर्न गएको थिए तर मेरो कुरा सुन्न कोही तयार थिएनन्।
मिल्ला मगेले आफ्नो अभियानको रुपमा मेकअप नगरी र टिकाउ फेसनको पक्षमा उभिएर मिस इंग्ल्याण्डको ताज जितेकी थिइन्। उनी सीपीआर प्रशिक्षणको महत्वको बारेमा जनचेतना फैलाउने अभियानमा पनि सक्रिय छिन्।उनको यो कदमले मिस वर्ल्ड प्रतियोगिताको उद्देश्य र मूल्यबारे नया“ बहसको थालनी गरेको छ। मिल्ला मगेले प्रतियोगिताबाट बाहिरिएपछि, इंग्ल्याण्डको उपविजेता चार्लोट ग्रान्टलाई फाइनलमा इंग्ल्याण्डको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिइएको छ।
मिस वर्ल्डकोले भने आधिकारीक विज्ञप्ति जारी गर्दै मिल्लाले भनेको कुरामा सत्यता नरहेको र उनले आफ्नो आमाको गम्भीर स्वास्थय अवस्थाको कारण देखाउदै शो छोडेको बताएको छ।