CINEMANEWS

सामाजिक कथामा श्री बुकुरो : द होम कलिङ

सिनेमा संसार
काठमाडौं
सुदीप भुपाल सिंहको निर्देशनमा निर्मित सिनेमा श्री बुकुरो ः द होम कलिङको दोस्रो टिजर सार्वजनिक गरिएको छ।
बुधबार सार्वजनिक सिनेमाको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावको पेश गरिएको छ। टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ। अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने सिनेमाको टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ।
निर्देशक सिंह यो सिनेमाबाट ७ बर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले माला र रुद्रप्रियाको निर्देशन गरेका थिए। पछिल्लो समय सामाजिक पारिवारिक सिनेमा कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले यस विषयमा श्री बुकुरो निर्माण गरेका हुन्।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मालगायतले अभिनय गरेका छन्। पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो। सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ।

Related Articles

Check Also
Close
Back to top button