CINEMANEWS

तीजलाई तोकियो जनै हराएको बाहुनको रिलीज डेट

सिनेमा संसार
काठमाडौं
गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथा भन्ने सिनेमा जनै हराएको बाहुनले रिलिज डेट लिएको छ।
आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो सिनेमा नेपाल र नेपालबाहिर एकै दिन रिलिज हुनेछ। विजय बराल र मनिष राउत मुख्य भूमिकामा रहने सिनेमाले आमा र छोराबीचको मार्मिक कथा पेश गर्नेछ।
हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बन्ने सिनेमाको एसोसियट निर्देशक प्रेमगीत ३ अभिनेता मनिष राउत छन्। पेपरक्लिप प्रालिले निर्माण गर्ने सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्।

Related Articles

Check Also
Close
Back to top button