सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेत्री प्रियङ्का कार्की यति बेला कान्स फिल्म फेस्टिभल र त्यसमा सहभागी हुँदा लगाएको पहिरनका कारण चर्चामा छिन्। उनी अभिनेता पति आयुष्मान् देशराज जोशीका साथ कान्सको गालामा सहभागी भएकी थिइन् । समारोहमा भाग लिईरहँदा उनको पहिरनको निकै चर्चा भयो। समारोहमा अन्य देशका सेलिब्रेटीहरुको समेत ध्यान तान्न सफल उनले फेस्टिभलमा सहभागी हुँदा लगाएको सेतो गाउनको डिजाईनका कारण चर्चामा रहेको छ। सामाजिक सञ्जालमा उनले राखेको फेस्टिभलको भिडिायेमा एकतिर चिरिएको पहिरन लगाएकी छन र फोटो खिच्ने बेला चिरिएको भागमा हातले थिचिरहेकी छन्। जसले गर्दा उनले भित्री वश्त्र नलगाएको हुन सक्ने चर्चा छ । सामाजिक सञ्जालमा सो भिडियोको निकै चर्चा भईरहेको छ भने धेरैले नेपालको राष्ट्रिय पोसाक लगाएर नेपाललाई चिनाउनुपर्नेमा त्यस्तो पहिरन लगाएको भनेर आलोचना समेत गरेका छन्।