FASHION

मिस एसिया नेपाल हुँदै

सिनेमा संसार संवाददाता
काठमाडौं
अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाडांैमा सम्पन्न भएको छ।
नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो। कुल ३० प्रतियोगीको सहभागिता रहने प्रतियोगिताको दोश्रो चरणको छनौट आगामी साउन ९ गते शनिबार हुनेछ। छनौट हुने प्रतियोगीहरुले विभिन्न किसिमका तालीम पाउने छन्।
प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार पनि पाउने आयोजकले बताए। गत वर्षकी विजेता उकुषा गिरीले मिस एसीयामा सहभागी हुदै नेपाललाई एउटा बिधामा उपाधी दिलाएकी थिइन्। ‘गत वर्ष उकुषाले नेपालको प्रतिनिधीत्व गर्दै एउटा बिधामा उपाधी ल्याएकी थिईन्’, आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेशनलका कार्यकारी निर्देशक दिवस खनियाँले भने।
यो बर्ष मिस एसिया मात्र नभएर मिस ग्याल्म वर्डमा समेत यसै प्रतियोगीताबाट २ बिजेतालाई नेपालको प्रतिनिधित्व गरेर अन्तरास्ट्रियस्तरको प्रतियोगितामा पठाइने उनले दाबी गरे। प्रतियोगिताका प्रतियोगीहरुलाई मोडल तथा मिस नेपाल ग्लोबल निलम चन्दले प्रशिक्षण दिनेछिन्।

Related Articles

Back to top button