BOLLYWOODHOLLYWOOD

तनुश्री दत्तप्रति विवेक अग्निहोत्रीको प्रतिक्रिया : माफ गरेर अगाडि बढिसकेको छु

सिनेमा संसार
काठमाडौं

बलिउडमा ‘मी टू’ आन्दोलनको सुरुवात गर्ने अभिनेत्री तनुश्री दत्तले केही समयअघि निर्देशक विवेक अग्नीहोत्रीमाथि शुटिङका क्रममा दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले पत्रकार फरीदून शहरयारसँगको अन्तर्वार्तामा सन् २००५ मा ‘चकलेट’ फिल्मको छायाङ्कनका बेला आफू पाँच मिनेट ढिला मात्र पुगेकोमा निर्देशकले कठोर गाली गरेकाे बताएकी थिइन्।

यस आरोपपछि पहिलोपटक विवेक अग्निहोत्रीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। पोडकास्टर शुभंकर मिश्रासँगको कुराकानीमा उनले तनुश्रीमाथि टिप्पणी गर्दै भने, फिल्म उद्योगमा सफलता प्राप्त गर्ने ठूलो दबाव हुन्छ। जब मानिसहरू त्यो प्राप्त गर्न सक्दैनन्, उनीहरू मानसिक रूपमा असन्तुलनमा जान सक्छन्।

विवेकले तनुश्रीको नाम स्पष्ट रूपमा नलिए पनि उनले आरोपहरू असफलता र मानसिक अवस्थासँग जोडिएको संकेत गरे। उनले थप भने, म यस्ता विवादमा समय खर्च गर्न रुचाउँदिन। मानिसहरू के भन्छन् भन्ने कुराले मलाई फरक पर्दैन। मैले सधैँ माफ गर्न सिकेको छु, त्यसैले म यस्तो विषयलाई धेरै गम्भीरताका साथ लिंदिन।तनुश्रीको तर्फबाट भने अहिलेसम्म यसबारे कुनै नयाँ प्रतिक्रिया आएको छैन।

तनुश्री दत्त सन् २०१८ मा ‘मी टू’ अभियानको अगुवाइ गर्ने पहिलो बलिउड अभिनेत्री बनेकी थिइन्, जहाँ उनले अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। त्यसपछि अन्य कलाकारहरूले पनि आफूमाथि भएका यौन उत्पीडनका घटनाहरू खुलाएका थिए।

यता विवेक अग्निहोत्री भने द कश्मीर फाइल्स’ र द भ्याक्सिन वार जस्ता चर्चित फिल्ममार्फत ख्याती कमाइसकेका छन्। उनी अहिले आफ्नो नयाँ फिल्म द बंगाल फाइल्सलाई लिएर व्यस्त छन्, जुन आउँदो सेप्टेम्बर ५ मा प्रदर्शनमा आउने तयारीमा छ।

Related Articles

Check Also
Close
Back to top button