सिनेमा संसार संवाददाता
लामो समयदेखि नेपाली कलाकार बद्री बहादुर केसीको उपचारको क्रममा शनिवार निधन भएको छ । करिव ५ ६ वर्षदेखि घाँटीको क्यान्सरसंग जुध्दै आएका केसीको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको कलाकार तथा कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए।
उहाको करिव ८० वर्षको हुनुुहुन्थ्यो। बेलाबेलामा मलाई सम्झिएर फोन गरिरहनुुहुन्थ्यो तर एक दुई महिनायता फोन गर्नू भएको थिएन। आज एक्कासी उहाको बारेमा दुखद खवर आयो। क्यान्सरका कारण थलिनु भएको उहाँ आर्थिक अवस्था कमजोर भका कारण कलाकार संघको अध्यक्ष भएको बेला संघको पहलमा केहि सहयोग उठाएर हस्थानतरण गरेको थिएँ रविन्द्रले बताए ।
माया प्रिती, बाुसुदेव जस्ता कयौ फिल्म र टेलिफोनमा अभिनय गरेका केसी पछिल्लो समय कलाकारीताबाट टाढा थिए। ललितपुरको धापाखेलमा बस्दै आएका उनको दुई छोरा र श्रमती रहेका छन्।